अप्रिलदेखि जापानले नेपाली कामदार लैजाने


प्रकाशित मिति : पुस ४, २०७५ बुधबार

२०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ ।

जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए ।

अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ, उनले भने, नेपाललाई समेत समावेश गर्न कुटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ ।

जापानको श्रम मन्त्रालयले हालै जा।री गरेको कामदार भित्र्याउने देशको सुचीको ९ औं नम्बरमा नेपाल उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com