अमेरिकाले नेपालीकालागि भिसा शुल्क घटायो
प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार
अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ ।
भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।
गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।
अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।
अमेरिकाले अध्ययनका लागि भिसा प्रक्रियामा सहभागी नेपाली विद्यार्थीसँग भिसा नलागे पनि तीन सय ६० डलर लिँदै आएको छ ।
त्यस्तै, पर्यटक भिसामा जानेहरूले दुई सय २० डलर तिर्दै आएका छन् । भिसा पारस्पारिकतापछि उनीहरूले एक सय ६० डलर मात्र तिरे पुग्छ ।
त्यस्तै, नेपाल आउने अमेरिकी पर्यटकले ६ महिना बस्दा एक सय ६० डलर तिरे हुने भएको छ। अहिलेको अवस्थामा अमेरिकी पर्यटकले १५ दिनको २५ डलर, एक महिनाको ४० डलर तथा ९० दिनको सय डलर तिर्नुपर्ने व्यवस्था छ।
त्यसभन्दा धेरै बस्न चाहे प्रतिदिन २ डलर र मल्टिइन्ट्री भिसा लिएको भए थप २० डलर तिर्नुपर्ने हुन्छ।