अस्ट्रेलियामा नेपाली महिलाको रहस्यमय मृत्यु, कारण खोज्दै प्रहरी
प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार
अस्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ। सिड्नीमा गत शनिबार उनको मृत्यु भएको र मृत्यको कारण अहिलेसम्म खुल्ने नसकेको साउथएसिया डटकमले जनाएको छ। ती महिलाको मृत्युका बारेमा अनुसन्धान जारी रहेको न्यु साउथ वल्स प्रहरी अधिकारीले जनाएका छन्। बांक्स्टाउनमा अन्दाजी २३ वर्षीया नेपाली महिला वेबारिसे अवस्थामा भेटिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।
प्रहरीको आपत्कालीन विभागलाई ती महिलाको बारेमा स्थानीय समयअनुसार ८:४५ मा सूचना आएको र प्रहरीले उनलाई तुरुन्तै अस्पताल पुर्याएको थियो। बांक्स्टाउन अस्पताल पुर्याइएकी उनलाई अस्पतालले ९:३५ मृत घोषणा गरेको न्यु साउथ वस्ट प्रहरीले जनाएको छ। उनको मृत्युको प्रकृतिका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ
। प्रमाण जुटाउने र घटनासँग सम्बन्धित परिस्थितहरूको बारेमा अध्ययन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ। बांक्स्टन प्रहरी अधिकारीहरूले उक्त घटना लगत्तै अनुसन्धान सुरु गरेको बताएका छन्। उनी अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा आएको हो कि अरू कुनै प्रकृतिको भिसामा आएको हो भन्ने कुरा खुल्ने नसकेको प्रहरीले जनाएको छ। प्रहरीले उनको व्यक्तिगत विवरण पनि नखुलाएको अस्ट्रेलियाबाट संचालित साउथएसिया डट कमले जनाएको छ।