मानव बेचविखनमा मुछिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानव बेचविखन प्रकरणमा मुछिएकी राजदूत शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् ।

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्।

राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र सत्तापक्षीय साङ्सदले छानबिनको माग गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com