हङकङमा तेल ट्याङ्करमा आगलागी, एकको मृत्यु


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

हङकङबाट दक्षिणमा एक तेल ट्याङ्करमा आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको छ ।

मट्टितेल बोकेको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे आगलागी भएको थियो ।

आगलागीपछि चालकदलका सदस्यहरु पानीमा हाम फालेका थिए । उनीहरुमध्ये २१ जनाको प्रहरीले उद्धार गरिसकेको प्रहरी प्रवक्ताले जानकारी दिए ।

त्यस्तै, एक जनाको शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

११ हजार टन वजन भएको भियतनामको अउलाक फर्च्युन नामक उक्त ट्याङ्कर चीनको डोङगुवानबाट हङकङ आउँदै गरेको मरिन ट्राफिकले जनाएको छ ।

लाम्मा टापु र नजिकैको लानताउ टापुका स्थानीयले आफूहरुले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।

प्रहरी अधिकारीहरुले भने आगलागी अघि विस्फोट भएको कुरा हालसम्म पुष्टि गर्न सकेका छैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com