अभिषेकले न्युयोर्कमा ऐश्वर्यलाई यसरी राखेका रहेछन् प्रेम प्रस्ताव !
प्रकाशित मिति : पुस २५, २०७५ बुधबार
सन् २००७ मा बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चन बैवाहिक बन्धनमा बाधिए । त्यस बेला विवाहको चर्चा निकै चल्यो । अहिले पनि ऐश्वर्या र अभिषेकको उत्तिकै चर्चा हुने गरेको छ ।
ऐश्वर्या र अभिषेकको विवाहले सबैलाई चकित पारेको थियो । आजसम्म पनि उनीहरुको बैवाहिक जीवनलाई निकै चासो दिइन्छ । हालै ऐश्वर्याले एक अन्तरवार्तामा प्रेम सम्बन्धबारे बोलेकी छन् ।
उनले पुराना दिन सम्झिदै भनिन्, ‘गुरु फिल्म रिलिज हुनुभन्दा अघि अभिषेकले न्यूर्योकको होटलको कोशीमा घुँडा टेकेर प्रर्पोज गरेका थिए । जब प्रपोज गरेका थिए विल्कुल हलिउड फिल्मको सिन जस्तो लागेको थियो ।’
अभिषेकको प्रर्पोज स्वीकारेपछि ‘जोधा अकबर’ फिल्मको सेटमा आफुलाई बेहुली जस्तै महसुस गरेको ऐश्वर्याले बताइन् । उनले भनिन, ‘मलाई याद छ जब हामी जोधा अकबरको गीत ‘ख्वाजा मेरे ख्वाजा’ सुटिङ गरिरहेको थियौ ।
म दुलहीको ड्रेसमा सजिएकी थिए, त्यसैले मलाई अन स्किन भन्दा पनि मेरो असली जीवनमा भएको जस्तो भयो । यो सबै अजिब लागेको थियो र निर्देशक आशुतोषले कहाँ हराको भन्दा झस्किए ।’
त्यसपछि ऐश्वर्या र अभिषेक मुम्बइमा बैवाहिक बन्धनमा बाधिए । उनीहरुको विवाह भएको १२ वर्ष भइसक्यो । उनीहरुकी एक छोरी आराध्या बच्चन छिन् ।