अष्ट्रेलियामा एक विदेशी विद्यार्थीले अनलाइन प्रेमसम्बन्ध गाँसेर युवतीबाट ठगे ३ लाख डलर


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

ष्ट्रेलियामा एक विदेशी विद्यार्थीले अनलाइन मार्फत प्रेमसम्बन्ध गाँसेर युवतीबाट ३ लाख डलर भन्दा बढी ठगी गरेका छन् ।

३२ वर्षीय कसमस एम्हले युवतीसंग आफू अमेरिकी सैनिक भएको र हाल सिरियामा रहेको बताएका थिए । तर वास्तवमा ती व्यक्ति ब्रिसबेनमै थिए, जहाँ युवती थिइन् । अष्ट्रेलियामा उनी विद्यार्थी भिसामा आफ्नी अष्ट्रेलियन प्रेमिकासंग बस्दै आएका थिए ।

गत अक्टोबरमा सामाजिक संजालमा एक अर्काको साथी बनेपछि उनीहरु प्रेमसम्बन्धमा रहेका थिए । युवकले आफू सिरियामा रहेको बताएका कारण भेट भएको भने थिएन । यत्तिकैमा एक दिन ती युवकले आफूले परिवारको सदस्य गुमाउनु परेको र अप्ठ्यारो स्थितिमा रहेको बताए । युवकले सहयोग मागेपछि युवतीले २ लाख डलर पठाइदिइन् ।

पढेलेखेकी शिक्षित ३४ वर्षिया ती महिला सजिलै ठगीएपछि कसमसले फेरी सहयोग माग्दै त्यो रकम लिनको लागि आफै गए । उनी ती महिलाको घर गए र महिलासंगबाट १ लाख ५ हजार डलर लिए, तर आफू ती अमेरिकी सैनिकको सहयोगी भएको बताए ।

त्यसपछि ती महिलालाई शंका लागेर प्रहरीमा खबर गरिन् । प्रहरीले उनलाई पक्राउ गर्यो र अहिले उनीमाथी ठगीको मुद्दा चलाइएको छ । ब्रिसबेन अदालतले धरौटीलाई अस्विकार गर्दै मुद्दा अगाडी बढाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com