बर्लिन म्युजियमबाट सय केजीको सुनको सिक्का चोरी


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

एक वर्षअघि बर्लिन म्युजियमबाट चोरी भएको एक सय केजीको सुनको सिक्का प्रकरणमा शुक्रबारबाट स्थानीय जिल्ला अदालतमा सुनुवाई सुरु भएको छ। प्रहरीले चोरीको आरोपमा चार जनाविरुद्ध मुद्धा दर्ता गरेको थियो।

आरोपितले घटनामा आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन्। ‘बिग म्यापल लिफ’ उपनामले समेत विश्वभर चर्चित उक्त सिक्का सन् २०१७ को मार्च २७ तारिखको रात म्युजियमबाटै हराएको थियो। ४३ लाख अमेरिकी डलर मुल्य बराबरको उक्त सिक्का पगालेर विक्री भएको हुन सक्ने स्थानीय प्रहरी प्रशासनको आशंका छ। प्रहरीले सिक्का भेट्न सकेको छैन।

आरोपितमध्ये एक जना म्युजियमकै सुरक्षा गार्ड हुन् भने बाँकी चोर भएको प्रहरीको दावी छ। चोर भनिएका तीनै जना जर्मन नागरिक भएको जर्मन प्रेस एजेन्सीले जनाएको छ। आरोप प्रमाणित भए १० वर्षसम्म जेल सजाय हुन सक्ने जनाईएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com