नेपालीलाई अष्ट्रेलियाको अटो भिसा बन्द


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

अष्ट्रेलियाले अटो जेनेरेट हुने वा सिस्टमबाट आफैं जेनेरेट हुने भिसा अटो भिसा नेपालको भेट सेक्टरलाई लागू नहुने जनाएको छ । अष्ट्रेलियन हाइ कमिसनका प्रतिनिधिलाई उधृत गर्दै भर्खरै प्रकाशित रिपोर्टमा त्यस्तो भिसा नेपालको भेट सेक्टरकालागि बन्द गरिएको उल्लेख छ ।

तर अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई प्रदान गर्दै आएको भिसा कोटा भने हरेक वर्ष वृद्धि हुँदै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांक अनुसार ५ हजार र १० हजार हुँदै १५ हजारसम्म पुगेको छ । यसरी अष्ट्रेलियामा अध्ययनकालागि जाने विद्यार्थीहरुको संख्या बढेसँगै केही कन्सल्टेन्सीहरुले विभिन्न प्रलोभन देखाउन थालेपछि हाइ कमिसनले सतर्कता अपनाएको हो । यसको कारण पत्त लगाउन हाइ कमिसनले अध्ययन गरिरहेको जनाएको छ ।

नेपालका कन्सल्टेन्सीहरुले आइएलटिएसको स्कोर ४.५ भन्दा कम भए पनि,फाइनान्सयिल डकुमेन्ट बिना पनि भिसा हुने,पे अफ्टर भिसा,अटो भिसा,भिसा इन वान आवर जस्ता लेखेर विज्ञापन गर्दै आइरहेका छन् । यस्तो विज्ञापनहरुको पछि नलाग्न अधिकारीहरुले अपिल गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com