अष्ट्रेलियाको पासपोर्ट २०१९ मा विश्वकै दशौँ शक्तिशाली पासपोर्ट, नेपाल कतिऔं स्थानमा ?


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा अष्ट्रेलिया दशौँ स्थानमा आएको छ । Henley Passport Index ले सार्वजनिक गरेको २०१९ को सूचीमा अष्ट्रेलिया दशौँ स्थानमा आएको हो । टर्की र उक्राइनले आफ्नो देशको भिसा नियम परिवर्तन गरेपछि अष्ट्रेलिया यो पटक दशौँ स्थानमा झरेको हो ।

२०१९ मा जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ । जापानको पासपोर्ट भएका व्यक्तिहरु बिना भिसा १ सय ९० देशमा जान पाउँछन् । जापान पछि दोस्रो स्थानमा सिंगापुर र दक्षिण कोरिया रहेका छन् ।

भारतको पासपोर्ट यो वर्षको शक्तिशाली पासपोर्टको सूचीमा ७९ औं स्थानमा आएको छ । भारतको पासपोर्ट भएका व्यक्तिहरु बिना भिसा ६१ देशमा पुग्न सक्छन् । त्यस्तै, नेपालको पासपोर्ट उक्त सूचीको ९८ औं स्थानमा आएको छ । नेपालको पासपोर्ट भएका व्यक्तिहरु बिना भिसा ४० देशमा पुग्न सक्छन् ।

यस्तो छ सबैभन्दा शक्तिशाली दश पासपोर्टको सूची :

TOP TEN POWERFUL PASSPORTS

1. Japan — 190 (destinations)

2. Singapore, South Korea — 189

3. France, Germany — 188

4. Denmark, Finland, Italy Sweden — 187

5. Luxembourg, Spain — 186

6. Austria, Netherlands, Norway, Portugal, Switzerland, UK and US — 186

7. Belgium, Canada, Greece, Ireland — 184

8. Czech Republic — 183

9. Malta — 182

10. Australia, Iceland, New Zealand — 181

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com