क्रिस्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय, धरौटी तिरेर भए जेलमुक्त
प्रकाशित मिति : माघ ९, २०७५ बुधबार
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमाई मड्रिड उच्च अदालतले २३ महिनाको जेल सजाय सुनाएको छ । उनलाई कर छलीको आरोपमा जेल सजाय सुनाइएको हो ।
स्पेनको कानुन अनुसार, दुई वर्षभन्दा कम समयको जेल सजाय सुनाइएको खण्डमा धरौटी तिरेपछि जेलमा बस्नु पर्दैन । यही कानुन अनुसार रोनाल्डोले धरौटी तिरेका छन् र उनी जेल सजायबाट मुक्त भएका छन् । उनले १९ मिलियन युरो धरौटीको रुपमा बुझाएका हुन् ।
हँसिलो मुद्रामा अदालत पुगेका रोनाल्डोले जेल सजायबाट पार पाउने कागजमा हस्ताक्षर गरेपछि स्पेनिस प्रेमिका जर्जिना रोद्रिगेजसँग हात समातेर बाहिर निस्किएका थिए ।
रोनाल्डोले आफूले कुनै गलत कार्य नगरेको र कर छली नगरेको बताउंदै आएका थिए । तर सल्लाहकारले मुद्दालाई स्विकार्ने सल्लाह दिएपछि उनले अदालत प्रक्रियामा सहयोग गरेका हुन् ।