कतार विश्वकपको गित अरिजित सिहंले गाउने ?
प्रकाशित मिति : माघ ९, २०७५ बुधबार
भारतीय गायक अरिजित सिंहले कतार विश्वकपको एन्थम गाउने इच्छा रहेको बताएका छन् । भारतका चर्चित गायक अरिजित सिंहले २०२२ विश्वकपमा गाउने इच्छा रहेको बताएका हुन् ।
फुटबलको ठूलो फ्यान रहेको सिंहले कतार भ्रमणका बेला उक्त कुरा प्रकट गरेको जनाइएको छ । विश्वकपको एन्थम एकदमै ठूलो भएको र सो एन्थममा आफ्नो स्वर पनि दिन पाए ज्यादै गौरभान्वित हुनेसमेत उनले बताएका थिए ।
उनले भने, ‘कतारको रगतमा फुटबलप्रतिको प्रेम रहेको छ । अब हुने विश्वकप ज्यादै भव्य हुनेछ । कतारको विश्वकपको तयारी देखेर म अत्यधिक प्रभावित छु ।’
यस्तै उनले विश्वकप खेलाइने स्टेडियमहरु ज्यादै मनमोहक रहेको समेत बताए । भारतीय फुटबल टिमलेसमेत फड्को मारेको बताउँदै उनले आफू भने म्यानचेष्टर यूनाइटेड फ्यान रहेको बताए ।