अष्ट्रेलियामा ट्वाइलेटको कम्बोडमा सर्प, ट्वाइलेट बसेकी महिलालाई टोक्यो !


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

अष्ट्रेलियाको ब्रिसबेनमा ट्वाइलेटको कम्बोड भित्र सर्प भेटिएको छ । ५१ वर्षिया हेलेन रिचार्डस् नाम गरेकी महिला ट्वाइलेटमा बस्दा उक्त सर्पले टोक्यो । सर्पले तोकेपछि उनी अत्तालिएर उठेकी थिइन् ।

उक्त सर्प अष्ट्रेलियाको पूर्वी भागमा पाइने कार्पेट पाइथन रहेको बताइएको छ । सर्प डेढ मिटर लामो थियो ।

कार्पेट पाइथन सर्पको विषको असर सामान्य हुने हुनाले ती महिलालाई सामान्य घाउ मात्र भएको छ । तर, टिटनासको उपचार भने गराउनुपर्छ ।

अष्ट्रेलियामा गर्मी बढेसंग संगै सर्पको बिगबिगी बढेको छ । तापक्रम अत्यधिक हुने हुनाले चिसो खोज्दै सर्प ट्वाइलेट भित्र जाने गरेको बताइन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com