अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार
काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो ।
२ वर्षको प्रेमलाई उनीहरुले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरु अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे ।
बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ ।
त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए ।
३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुईदिनसम्म सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लाख गाड्यो । परिवारको सदस्यले लास निकाले । लास अजितकै थियो ।
काठमाडौँस्थित शिक्षण अस्पताल ल्याए । उनको लास अझै अस्पतालमै छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् ।