ढाका टोपी शिरैमा…(फोटोफिचर)
प्रकाशित मिति : पुस १७, २०७३ आईतबार
अाज अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी एकलाई नेपाली युवाले टोपी दिवसको रुपमा मनाउन थालेका छन् । नेपाली युवायुवतीले धुमधामले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढ्दै गएका बेला केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त दिनलाई टोपी दिवसका रुपमा मनाउने अभियान थालेका हुन् ।
ती अभियानकर्ताले आज चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइरहेका छन् । उनीहरुले सबैलाई नेपाली ढाका टोपी लगाएर आफ्नो पहिचान जोगाउन आग्रह पनि गरेका छन् ।
यसै अवसरमा जागरुक युवा अभियानका अभियन्ता तथा अन्य सर्वसाधारणले आइतबार विहानै नेपाली ढाका टोपी लगाएर काठमाडौंको माइतीघरमा भेला भए ।
नेपाली युवाले आफ्नो संस्कृति भुलेर विदेशी संस्कृतिको नक्कल गरेको भन्दै उनीहरुले सबैलाई नेपालीपनको सन्देश दिन आफुहरु टोपी लगाएर उपस्थित भएको बताए । ढाका टोपी र दौरा सुरुवाल नेपालको राष्ट्रिय पोशाकको रुपमा चिनिन्छ ।
श्राेत : नयाँ पत्रिका दैनिक