अष्ट्रेलियाको स्टेट अकुपेशन लिस्टबाट हटे यी पेशा
प्रकाशित मिति : माघ २१, २०७५ सोमबार
अष्ट्रेलियाको स्टेट अकुपेशन लिस्टबाट केही पेशा हटेका छन् । द सनसाइन राज्यले आफ्नो अकुपेशन लिस्टबाट केही पेशा हटाएको हो ।
क्विन्सल्याण्डको माइग्रेसन वेबसाइटमा उल्लेख गरे अनुसार, बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले चारवटा पेशा हटाउनेछ । नयाँ अकुपेशन लिस्ट फेब्रुअरी १ देखि लागु भएको छ । हटाइएका पेशाहरु निम्न छन् :
- ICT Business Analyst – 261111
- Quantity Surveyor – 233213
- Construction Project Manager – 133111
- Marketing Specialist – 225113
यी पेशाहरु अस्थायी रुपमा हटेका हुन् । यी पेशामा अहिले आवेदन बढी आएकोले लिस्टबाट केही समयको लागि हटाइएको बताइएको छ । हाल इन्भिटेसन पाएकाहरुले अगाडीको प्रक्रिया नचालेमा मात्र नयाँ इन्भिटेसन मिल्नेछ ।
त्यस्तै, माइग्रेसन अफिसले offshore QSOL लिस्टबाट Interior Designer (232511) र Actuary (224111) पनि हटाएको छ ।