पोर्चुगलका ७ स्थानमा सेफको छापा, ६ जनालाई देशनिकालाको आदेश
प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले पोर्चुगलको भाले डो टेजो र अलेन्टेजो क्षेत्रमा छापा मारेर ६ जना कागजपत्रविहिनलाई देशनिकाला गरेको छ ।
यसैसाता सेइक्सल र अमोरामा रहेका विभिन्न कार्यस्थलमा छापामारेर उनीहरुलाई विना कागजात काम गरिरहेको फेला पारेको हो ।
सेफले विभिन्न ७ वटा ब्यापारिक स्थल र क्याटरिंगमा छापामारेको थियो । कागजात चेक गर्दा ३० जना विदेशी नागरिकहरु रहेको र १० जना पोर्चुगलका नागरिकहरु रहेको भेटिएको थियो ।
३० जना विदेशी नागरिकहरुमध्ये २४ जनाका उपयुक्त कागजात भएपनि ६ जना भने गैरकानुनी रुपमा काम गरेको पाइएको थियो । उनीहरुलाई सेफले देशनिकालाको आदेश दिएको छ ।
उनीहरुले तोकिएको मितिभित्र आफै पोर्चुगलको भूभाग छाड्नुपर्ने जनाइएको छ । यी स्थानमा मारिएका छापाहरुमा नेपालीहरु भने परे नपरेको केही जानकारी प्राप्त भएको छैन ।
यद्यपी पोर्चुगलमा ठूलो संख्यामा नेपालीहरु आउने र काम गर्ने गर्दै आएका छन् ।