पोर्चुगलमा अध्यागमन चेकजाँचमा कडाई, ८९ जना आप्रवासीको कागजात चेक
प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार
द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले पोर्चुगलमा अन्य देशबाट आउने ट्रेन स्टेशनहरुमा निगरानी बढाएको छ ।
ट्रेनको इन्ट्रोनकामेन्टो लिस्वोआ रुटमा सेफले यो साता अन्यदेशबाट आउने ४१ देशका ७७ जना व्यक्तिको कागजात चेकजाँच गरेको जनाएको छ ।
सुरुमा अन्यदेशको भिसा लिने र पछि ट्रेनबाट पोर्चुगलमा आएर बसोबास गर्ने कागजपत्रविहिन आप्रवासीहरुको संख्या नियन्त्रणका लागि सेफले यस्तो कदम चालेको जनाएको छ ।
यसरी चेकजाँचका क्रममा भने ७७ जना नै कानुनी रुपमा नै पोर्चुगलमा रहेको पाइएको थियो । त्यस्तै यसै साता एस्ट्रेमोजको बस स्टेशनमा पनि सेफले बसमार्फत त्यहाँ आउने आप्रवासीहरुको कागजात चेकजाँच गरेको छ ।
सबैको कागजात र पोर्चुगलमा बस्ने अनुमति भए नभएकोबारे छानविन गरिएको जनाइएको छ । १२ जना विदेशी नागरिकको कागजात चेकजाँच गरिएकोमा उनीहरुको पोर्चगल बस्ने अद्यावधिक कागजातहरु पाइएको थियो ।
यसरी पोर्चुगलमा ट्रेन र बसबाट समेत कागजापत्रविहिनहरु छिर्ने क्रमलाई नियन्त्रण गर्न द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले विभिन्न स्थानमा आकस्मिक चेक गर्दै कागजपत्रविहिनहरुलाई निशानामा पार्दै आएको छ ।
यी दुई स्थानमा यो साता भएको चेकजाँचमा नेपालीहरु परे नपरेको भने केही खुलेको छैन ।