पोर्तुगलमा एक नेपाली युवकको दु:खद निधन
प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

पोर्तुगलमा एक नेपाली युवकको दु:खद निधन भएको छ । हेम्जा पोखराका हरीबहादुर कुँवरको पोर्तुगलमा मृत्यु भएको हो ।
साओ जोजे अस्पतालमा उपचारको क्रममा उनको फेब्रुअरी २२ तारिखका दिन मृत्यु भएको हो ।
२९ वर्षीय कुँवर विगत ७ वर्षदेखि पोर्तुगल बस्दै आएका थिए । मृतकको पार्थीव शरीर फुनरेरिया (अन्तिम संस्कारमा सहयोग गर्ने एजेन्सी) मा राखिएको छ ।
उनको दाह संस्कार पोर्तुगलमै गर्ने या नेपाल पठाउने भन्नेबारेमा छलफल भैरहेको छ । मृतकका आफन्तहरु पनि लिस्बनमा आइसकेका छन् ।
ब्रेन ट्युमरपीडित मृतकको यस अघि पनि दुईपटक शल्यकृया गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कुँवरले चिनियाँ महिलासँग बिहे गरेका थिए । उनको एक छोरी पनि छिन् । छोरी तीन महिनाकी छिन् ।
पोर्तुगलमा नेपालीहरुको संख्यामा व्रिद्धीसँगसँगै विगत २०१० यता २२ नेपालीहरुको निधन भएको छ ।