टोकियो ओलम्पिकको टिकट खरिदका लागि आवेदन खुल्दै
प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार
जापानमा टोकियो २०२० ओलम्पिक र प्यारालिम्पिक खेल टिकट खरिदका लागि मे ९ बाट आवेदन खुला गरिने संचालक समितिले बताएको छ । मे ९ देखि २८ सम्म लट्री सिष्टमको माध्यमबाट आवेदन दिन सकिने बताइएको छ । जापानबाहिर बस्ने व्यक्तिले भने चाहिँ यो सिष्टमको माध्यमबाट आवदेन दिन सक्दैनन् । तर उनीहरुले राष्ट्रको विशिष्ट अथोराइज्ड टिकट रिसेलसर्र (एटीआरएस) बाट टिकट खरिद गर्न सक्नेछन् ।
टिकट वितरण प्रणाली राष्ट्रपिच्छे फरक हुने भएपनि अन्तरराष्ट्रिय विक्री भने जुन १५ भन्दा अगाडि शुरु नहुने बताइएको छ । सम्बन्धन प्राप्त एटीआरको माध्यबाट निश्चित संख्यामा टिकट विक्रि गर्न हरेक राष्ट्रिय ओलम्पिक कमिटि (एनओसी) लाई खटाइएको छ । यद्यपी उनीहरुलाई दिइएका टिकटका संख्या र अन्तरराष्ट्रिय ग्राहकलाई टिकटको मूल्य कति लगाउने भन्ने कुरा भने सञ्चालकहरुले खुलाउन चाहेनन् ।
७० देखि ८० प्रतिशत टिकट घरेलु विक्रीका लागि छुट्याइएको र बाँकी चाहिँ अन्तरराष्ट्रिय ग्राहक र प्रायोजकहरुका लागि रहने बताइएको छ । सञ्चालकहरुले गत वर्ष घरेलु टिकट विक्रीको मूल्य २ हजार येन देखि २ लाख ८८ हजार येन सम्म रहने घोषणा गरेका थिए ।