भारत,बड्गला देश,पाकिस्तान टुक्रिएझै
प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार
टुक्रामा यो देशलाई बाँढे
नेपाली सबै यसै टुक्रिन्छौ
देशको हिसाब किताबमा
नेपाली,नेपाली छुटिन्छौ
यो नेपालीको तातोरातो रगतले लेखिएको शानहो
कलह नगरी अव जोगाऊ
यो नेपालीको अभिमानहो
अमुल्य यो रगतको मुल्य
टुक्रामा गएर नै जोखिदा
बहुमूल्य हिरा झैँ देशको
महत्व नै कसैले नबुझ्दा!!
हरेक मनमा देशको हैन
पदको मात्र मोह बढ्दा
अनि न त यो देश रहन्छ
न त हाम्रो नेपाल नै हुन्छ
यसैले मिलेर नै जोगाऊँ
सारा नेपाली पनि मिलौँ
यो देश जव उन्नत बन्छ
अनि मात्र राजनिती गरौँ
- –शुबा