भक्तपुरका नेवार समुदायले मनाए पञ्चदान पर्व (फोटो फिचर)
प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार
भक्तपुरका नेवार समुदायले बुधबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउने गरेका छन् । यो दिनमा अन्न, गेडागुडी फलफूल सख्खर पानी (सर्वत) र औषधीको दान गर्ने चलन छ । भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धको पूजा गरेर र दान दिएर पञ्चदान पर्व मनाइँदै आएको छ ।
दीपेन्द्र ढुंगानाको फोटो फिचर ।