अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो

ह्युस्टन, १६ असोज (रासस-सिन्ह्वा) – अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ ।

अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो । अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो ।

यसैगरी गत साता कच्चा तेलको निर्यातमा पनि औसतमा प्रति दिन एक लाख १६ हजारले कमी आएको छ । गत साता औसतमा कच्चा तेलको निर्यात प्रति दिन २८ लाख ७० हजार ब्यारेल रहेको थियो ।

विगत चार हप्तामा कच्चा तेलको आयात औसतमा करिब ६६ लाख १० हजार ब्यारेल प्रति दिन रहेको छ, र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १२ लाख ४० हजार ब्यारेलले कमी हो ।
––

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com