१० सुन्दर तस्वीर जसले तपाईलाई ‘कहिले मुक्तिनाथ जाउँ’ बनाउनेछ
प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार
खसोखासका लागि दीपेन्द्र ढुंगानाले मुक्तिनाथमा पुगेर केही आकर्षक तस्वीरहरु खिचेका छन् । पुरातात्वीक गाउँहरु, त्यहाँको जनजीवन, निलगिरी र धौलागिरी हिमाल लगायतका दृश्यले तपाईलाई ‘कहिले मुक्तिनाथ जाउँ’ बनाउनेछ । प्रस्तुत छ केही तस्वीरहरु ।
मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ठूलो ढुंगाको बुद्धमूर्ति र त्यहाँबाट देखिएको धौलागिरी हिमालको दृश्य । यो बुद्धमूर्ति झण्डै ५ करोडको लागतमा अमेरिका निवासी सोनाम लामाले आफ्नो जन्मस्थानमा स्थापना गरेका हुन् । फोटो : दीपेन्द्र ढुंगाना
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ठूलो ढुंगाको बुद्धमूर्तिसँगैको स्तुपा र त्यहाँबाट देखिएको धौलागिरी हिमालको दृश्य । बुद्धमूर्तिस्थल मुक्तिनाथको भ्युप्वाइन्ट हो । फोटो : दीपेन्द्र ढुंगाना
मुक्तिनाथको १०८ धारामा स्नान गर्दै भक्तजनहरु । फोटो : दीपेन्द्र ढुंगाना
विहानै मुक्तिनाथको दर्शन गर्न र १०८ धाराको जल लिन हिडेका एक भक्तजन । फोटो : दीपेन्द्र ढुंगाना
जब निलगिरी र धौलागिरी हिमाल यसरी खुल्छ । फोटो : दीपेन्द्र ढुंगाना
VIDEO
मुक्तिनाथमा हेलिप्याडसहित नवनिर्मित रिसोर्ट र त्यहाँबाट देखिएको दृश्य । फोटो : दीपेन्द्र ढुंगाना
रानीपौवाबाट घोंडा चढेर मुक्तिना मन्दिर दर्शनका लागि जाँदै दर्शनार्थी । फोटो : दीपेन्द्र ढुंगाना
मुक्तिनाथ मन्दिर मुनीको तालमा परेको छायाँ । फोटो : दीपेन्द्र ढुंगाना
मुक्तिनाथ मन्दिर नजिकैको पुरांग गाउँमा स्थानीयहरु । फोटो : दीपेन्द्र ढुंगाना
रानीपौवामा तान लगाएर कपडा बुन्दै एकमहिला । फोटो : दीपेन्द्र ढुंगाना