पुँजीवादी उत्पादन र शोषणका नयाँ रूपहरू


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

कल्पना धमला
/ पुँजीवादको उदयले महिलालाई अधिकार र स्वतन्त्रताको नारा दिएर घरभित्रबाट उद्योग–कलकारखानासम्म ल्याइदियो । तर, पुँजीवादी उत्पादन र वितरण प्रणालीका कारण उद्योग, कलकारखानामा शोषणका नयाँ रूपहरू खडा गरियो । असमान ज्याला, मातृशिशुको असुरक्षा, ट्रेड युनियनमा सहभागी नगराउने, १६ घन्टा काम गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरियो । यसले त झन् महिलामाथि घरभित्र र बाहिरको दोहोरो भार पर्न गयो । रूपमा अधिकारको कुरा सारमा मिहीन शोषणको तरिका । यसले गर्दा न्याय र समानताका लागि महिला स–साना क्लबदेखि ठूला–ठूला उद्योगसम्म संगठित र आन्दोलित हुँदै गए ।

सन् १८९७ मार्च ८ का दिन अमेरिकाको न्युयोर्क सहरको कपडा मिलका महिलाले ८ घन्टा काम, समान कामको समान ज्याला, महिला मजदुरलाई ट्रेड युनियनको अधिकार, मातृशिशुको सुरक्षा र मताधिकारको अधिकारलगायतका माग राखी ¥याली र सभापछि आमहडताल गरेका थिए । विश्व–इतिहासमा महिलाको यो विद्रोह पहिलो र संगठित थियो ।

यो विद्रोह दबाउन पुँजीवादीहरूले ठूलै तागत खर्चिए, तर महिला निरन्तर संघर्षमा होमिइरहेकै थिए । मागहरू भने पूरा हुन सकिरहेका थिएनन् । समाजवादी नेतृ क्लारा जटेकिनले श्रमिक महिला आन्दोलनलाई समाजवादी आन्दोलनसँग गाँसेर आफ्नैै नेतृत्वमा १९०७ मार्च ८ मा अन्तर्राष्ट्रिय समाजवादी महिलाहरूको पहिलो सम्मेलन जर्मनको स्डुमार्डमा सम्पन्न गर्नुभयो । उक्त सम्मेलनमा १२ देशका ५६ जना प्रतिनिधिले भाग लिएका थिए ।

जसमा कुनै लिङ्गभेद नगरीकन सबै ठाउँमा महिलालाई समान अधिकारको प्रस्ताव पारित गरिएको थियो भने पुँजीवादले महिलामाथि गरेको शोषण र उत्पीडनका विरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको थियो । १९०८ देखि आन्दोलन युरोप, अमेरिकालगायतका देशमा तीव्र गतिमा बढ्यो ।

१९०९ मार्च ८ को दिन आन्दोलन उत्कर्षमा पुग्यो । आन्दोलनपछि ट्रेड युनियनको हक, ८ घन्टा काम, शिशु स्याहार केन्द्रको व्यवस्था, समान कामको समान ज्यालालगायतका हक प्राप्त भए । संघर्षको सुरुवात र अधिकार प्राप्त भएको दिन ८ मार्च नै भएको हुनाले उक्त दिनको स्मरण ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले निर्णय ग¥यो । सन् १९११ देखि विश्वभरका महिलाले यस दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउँदै आएका छन् ।

नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको संघर्षमय र लामो इतिहास जोडिएको छ । बोल्न पाउने स्वतन्त्रताको हकसमेत प्रतिबन्ध गरेको पञ्चायती व्यवस्थाको विरुद्धमा र उत्पीडनमा रहेका महिलालाई आफ्नो हकबारे सुसूचित पार्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एक माध्यम बनेको थियो । नेपाली महिला नारी दिवसको रूपमा मनाउने गर्दथे । मनाउने क्रममा पञ्चायती शासकहरूले अनेकौँ दमन र धरकपड गर्दा पनि जेल÷नेल झेल्दै संघर्षलाई निरन्तर बढाइरहे ।

२०१७ देखि सरकारले सरकारी बिदा दिँदै सरकारी तवरबाटै नारी दिवसका रूपमा मनाउन सुरु ग-यो । बहुदल स्थापनापछिका केही वर्ष नारीवादी सोच भएकाहरूलाई समेत केन्द्रित गरेर महिला आन्दोलन र आवाजहरू एकीकृत गर्ने प्रयास भएको पाइन्छ । तर, उनीहरूलाई नारी दिवसभन्दा माथि ‘अन्तर्राष्ट्रिय श्रमिक दिवसमा’ उठाउन सकिएन र आ–आफ्नो सोच र विचारअनुरूप नै फरक–फरक ढंगबाट कसैले परम्पराको रूपमा मनाउने गरे भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्न सहमत खासगरी वामपन्थी पृष्ठभूमि भएकाहरूबीचमा संयुक्त र खुला कार्यक्रम गर्न थालियो । जनयुद्धको सुरुमा पार्टी प्रतिबन्धित अवस्थामा हुँदाहुँदै महिलाले खुला रूपमा २०५२ को ८ मार्च मनाउन सफल भए, यो इतिहासको उल्लेख्य परिघटना बनेको छ ।

खासगरी लैंगिक शोषण र असमानताविरुद्धको संघर्ष र मुक्तिको कोसेढुंगाको रूपमा स्थापित ८ मार्च नेपालको सन्दर्भमा परिणाम हासिल गर्ने संघर्षको उठानभन्दा परम्पराकै बुझाइमा मनाउनका लागि मनाउने नै प्रचलन हाबी हुँदै आयो र आज पनि त्यो मानसिकता हट्न सकिरहेको छैन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बल्ल राज्यको तर्फबाट क्याबिनेटको निर्णयले ८ मार्चलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को घोषणा ग¥यो । तर, यथास्थितिवादी सोच भएकाहरूले क्याबिनेटको निर्णयलाई समेत लत्याएर ‘नारी दिवस’कै परम्परा अगाडि बढायो र आज पनि सरकारको तर्फबाट नारी दिवसको परम्परा धानेको छ ।

आजको सन्दर्भमा ८ मार्चलाई संविधानप्रदत्त हक कार्यान्वयन, महिलाको पक्षमा भएका अन्तर्राष्ट्रियस्तरमा भएको सन्धि–महासन्धिहरूको पालना, सामाजिक, सांस्कृतिक रूपमा समान अधिकार, अर्थपूर्ण प्रतिनिधित्व, पहुँच र सहअस्तित्व, महिला हिंसा र सबैखाले भेदभावविरुद्ध, समान कामको समान ज्याला, घरेलु कामको मूल्यांकन न्म्ए (कुल आय) मा गणना गराउनेको कुरा बुझाइ र कार्यान्वयनमा विविधताको कारण महिलाका यी मुद्दाहरू सम्बोधन हुन सकेका छैनन् । जसको परिणाम हो– ८ मार्चको पक्षलाई मात्र स्मरण गरियो र सारपक्ष संघर्ष र अधिकारको द्वन्द्वात्मक पाटोलाई एकताबद्ध भएर पकड्न सकेन, अझै पनि सकिरहेको छैन । तसर्थ महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला नेतृत्व संघ–संस्था, संगठनहरूमा बुझाइमा एकरूपता ल्याउने अभियानको साथसाथै संघर्षको आवश्यकता छ ।

वर्तमान अवस्थामा ८ मार्चको औचित्य र सान्दर्भिकता १८–१९औँ शताब्दीमा न्याय र समानताका लागि संसारभरका महिलाले गरेको संघर्षको गौरवगाथा बोकेको र अधिकारको संकल्प गरेको उत्सवको रूपमा स्मरण गर्ने गरिएको ८ मार्च आजको सन्दर्भमा पनि उत्तिकै स्मरणयोग्य र सान्दर्भिक छ । १८औँ शताब्दी र २१औँ शताब्दीको तुलना गर्दा ८ मार्चको औचित्य पूरा हुन सकिरहेको छ कि ? छैन । संसारभरका महिलाले यसलाई कसरी बुझेका र ग्रहण गरेका छन् ? ८ मार्चको ऐतिहासिक मूल्य, मान्यता र उद्देश्यप्रति कस्तो मूल्यांकन गरेका छन् ? आजको विश्वमा यसको आवश्यकता र महत्व कति छ ? विचारधारणात्मक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय महिला दिवसलाई हेर्ने र बुझ्नेमा के–कति भिन्नता रहेको छ ? ज्वलन्त प्रश्नहरू यथार्थ धरातलमा हाम्रोसामु उभिएका छन् ।

यही सेरोफेरोभित्रबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूूल्य, मान्यता, संस्थागत गर्न संसारभरका महिलालाई २१औँ शताब्दीको शोषण, दमन, अन्याय, उत्पीडन र असमानताबाट मुुक्त गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा बहस जरुरी छ । अहिलेको विश्व मानचित्रमा महिलाको अवस्था कतिपय ठाउँ, जातिविशेष, धर्मविशेष र संस्कारमा हेर्ने हो भने १८–१९औँ शताब्दीभन्दा माथि उठ्न नसकेको पनि भन्न मिल्छ र सकिन्छ । अविकसित तेस्रो विश्वका महिला अझ पनि मध्ययुुगीन सामन्ती बर्बरता र आधुुनिक पुुँजीवादी उत्पीडन एकैसाथ भोगिरहेका छन् । आधुुनिक विश्वका शोषणका रूपहरू बदलिएका र बढेका छन् ।

कलकारखाना, उद्योगधन्दा, घरायसी कामका लागि विभिन्न मुुलुकमा गर्ने आवतजावत, वस्तुु बिकाउका विज्ञापन, बालमजदुुर, नेपालमा नै घरेलुु कामदार, हत्या, बलात्कार, श्रमशोषण, घरेलुु कामको मूल्यांकन नहुुने, घृणा, तिरस्कार चरम रूपमा बढेको छ । सामन्तवाद र पुँजीवाद एउटै गर्भबाट जन्मिएकाले शोषणका रूपहरू फरक देखिए पनि सार भने केही फरक रहँदैन । सामन्तवादभन्दा पुुँजीवाद केही प्रगतिशील व्यवस्था त हो, यसले पुुँजीको विकास ग-यो । सबै प्रकारको उत्पीडनबाट मुुक्त गर्न उत्पीडनका रूपहरूलाई सही तरिकाले बुुझ्न, निरुत्साहित र अन्त्य गर्न सही राजनीतिक विचारधारा, नीति, कार्ययोजना, कार्यक्रमको तय गर्नुु संघर्ष र मुक्तिको गौरव बोकेको मार्च ८ को ऐतिहासिकतालाई दह्रोसँग आत्मासात् गर्दै न्याय र समानताका लागि एकबद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको पहलकदमी आवश्यक बनेको छ ।

विशुुद्ध नारीवादी दृष्टिकोणबाट मात्र हेर्ने होइन, सिंगो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उत्पीडनबाट मुुक्त गर्न सक्ने समानता, न्याय, स्वतन्त्रतालाई संस्थागत गर्न र सबैखाले महिला हिंसा अन्त्यका लागि संसारभरका महिलाबीच संगठित र एकताबद्ध भएर साझा धारणा बनाउन सके ८ मार्चको औचित्य साबित हुन सक्छ । युगीन आवश्यकताको महत्वबोध गर्न नसके परम्परा धानिराख्न जरुरी हुुँदैन, त्यसैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस न्याय, समानता र स्वतन्त्रताको आन्दोलनमा आज पनि उत्तिकै महत्वपूूर्ण र सान्दर्भिक रहेको छ ।

निष्कर्ष

विचारधारात्मक रूपमा नयाँ संविधानमार्फत उत्पीडित, उपेक्षित जाति, क्षेत्र र लिंगका समुदायलाई अधिकारसम्पन्न गराउन संघीयता, समानुुपातिक, समावेशीजस्ता मुद्दाहरू सैद्धान्तिक रूपमा स्थापित र संस्थागत भएका छन् । प्रश्न कार्यान्वयन कसरी हुुन्छ ? भन्ने हो भने कार्यान्वयन सही तरिकाले होला त ? भन्ने आशंका पनि उत्तिकै छ । उत्पीडित, उपेक्षितहरूको न्याय, समानता र स्वतन्त्रताका लागि समृद्धि, सुुशासन, सदाचार, पारदर्शितासहित समावेशी÷समानुपातिक÷सहभागितामूलक लोकतन्त्रको अभ्यासमार्फत समुन्नत समाजवादको निर्माण आजको आवश्यकता हो ।

नयाँ शक्ति पार्टी नेपालले सिंगो समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण, न्याय, सदाचार, समता, स्वाधीनता, सुशासन, पारदर्शिता र सदाचार मुख्य गरी आर्थिक समृद्धिको मुुद्दा उठाएको छ । यही युुगीन आवश्यकताको जगमा जन्मिएको महिला शक्ति महासंघ सबैखाले लैंगिक उत्पीडनका विरुद्ध न्याय, समानता र सुुरक्षाको साधन बन्नुुपर्छ । महँगी, अभाव, असुुरक्षा, गरिबी, आर्थिक समृद्धिको गतिमा अवरोध, राष्ट्रिय स्वाधीनताको संकट, भ्रष्टाचार, सदाचार र पारदर्शिताको नग्न रूप, तस्करी, कमिशनखोर र माफियाहरूको चंगुलमा मुुलुुक चलेको अवस्थाले आमजनताको जीवन कष्टकर बनेको छ । महिला हिंसा, हत्या, बलात्कार र महिला सुुरक्षा कहालीलाग्दो बन्न पुुगेको छ ।

यसको कारक राजनीतिक अस्थिरता नै हो । यसको विकल्प भनेको राजनीतिक स्थिरता हो । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीले मात्र समृद्धि, सुशासन, सदाचार, स्वाधीनता, सुुरक्षा स्थापित गर्न सक्दछ । समृद्धि र सुशासनभित्र मात्र उत्पीडितको समानुपातिक समावेशी सहभागिता, न्याय, समानता र सुुरक्षा सम्भव हुुन्छ । तसर्थ राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली निर्माणमा अगाडि बढ्दै आजको सन्दर्भमा र मार्चको ऐतिहासिक गौरवलाई स्मरण गर्दै वर्तमानको आवश्यकता पूरा गर्न आइपर्ने चुुनौतीको सामना गरेर समतामूलक भविष्य निर्माण गर्न अगाडि बढ्नेछ ।

१०७औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला हिंसा र असमानताका बिम्बहरूलाई निरुत्साहित, तिरस्कृत र बहिष्कृत गर्दै सदाका लागि अन्त्य गर्ने जागरण र सोच पैदा गरोस् । अर्थपूर्ण राजनीतिक प्रतिनिधित्व, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समान हक, सहअस्तित्व र पहुँच स्थापित गर्नुको साथसाथै महिलाले गर्ने घरेलु श्रमको मूल्यांकन गरी  जोड्ने कुरा समान कामको समान ज्याला, संविधानप्रदत्त हकहरू कार्यान्वयन, अन्तर्राष्ट्रिय स्तरमा महिला पक्ष भएर गरिएको सन्धि, महासन्धिको पालना, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समान अधिकार, विभिन्न रूपमा महिलामाथि हुने र भइरहेका सबैखाले भेदभाव र हिंसाविरुद्ध जागरण अभियान र संघर्ष निरन्तर अगाडि बढाउन महिला शक्ति महासंघ प्रतिबद्धता व्यक्त गर्दछ ।  न्याय, समानता र मुक्तिका लागि संघर्ष र अधिकारको संकल्प गरेको उत्सवको अवसरमा महिला शक्ति महासंघ आमजनसुदायमा शुभकामना व्यक्त गर्दछ । (सन्दर्भ १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com