नेकपा सचिवालय बैठक बस्दै


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

मंसिर ०१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारबाट फर्केको भोलिपल्ट नै सचिवालय बैठक बस्न लागेको हो ।

ओलीले शनिबार ग्राण्डि अस्पतालमा नियमित स्वास्थ्य जाँच गराएका थिए । ओलीको ग्राण्डिमा तेस्रो पटक डायलासिस गरिएको थियो ।

बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ।

नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com