नगद लिएर महिला बेपत्ता


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । जिल्लाको षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमान्को रु दुई लाख लिएर बेपत्ता भएकी हुन् ।

भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान् एकबहादुर सार्कीका श्रीमती आशाले घरमा राखेको रु दुई लाख लिएर गत कात्तिक १८ गते सम्पर्कविहीन भएको एकबहादुरले बताए । नगदसहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको श्रीमान् एकबहादुरले जानकारी दिए ।

एकबहादुरले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ । श्रीमान् एकबहादुर र आशाकी सात वर्षीया एक छोरी र पाँच वर्षीय एक छोरा छन् । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com