पूर्वयुवराज्ञी हिमानीले गरीन् विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । शनिवार काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरेकी हुन् । छोरा हृदेयन्द्र, पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गरेका छन् । बलिउड नायिका मनिषा कोइराला पनि कार्यक्रममा उपस्थित भएकी थिइन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । -जनतापाटीको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com