भारत विरुद्ध बुटवलमा ‘विप्लव’ विद्यार्थी संघठनको बिरोध


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

मंसिर ८, बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संघठन अखिल क्रान्तिकारीले आज बुटवलमा विरोध प्रर्दश गरेको छ । नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनितीक नक्सा सार्वजनिक गरे पछि त्यसको बिरोधमा आइतबार भारत विरुद्ध विरोध प्रर्दशन गरेको हो ।

प्रर्दशनमा सिद्धार्थ बहुमुखी क्याम्पस, कान्ति माबि, एभरेष्ट स्कुल , क्यान माबि , दिप बोडिङ्ग, लुम्बिनी वाणिज्य क्याम्पस, नविन औद्योगिक माबि, एम्स कलेज, होराइजन स्कूल, मणिमुकुन्द स्कूल, कालिका मानवज्ञान, सिद्धार्थ मेडिकल लगायतका सरकारी तथा निजी बिद्यालयका सयौँ विद्यार्थीको प्रर्दशनमा सहभागिता रहेको थियो । क्रान्तिकारी लुम्बिनी ब्युरोको आयोजनामा बुटवलको गोलपार्क, मिलोनचोक, नयाँ बर्स पार्क, देबिनगर र कालिकानगर र योगिकुटिबाट एक साथ विरोध जुलुस निकालिएको थियो ।


बिरोधमा सहभागि बिद्यार्थीहरुले लिपुलेक हामो हो, गो ब्याग इन्डिया लगाएतका नाराहरु लगाएका थिए । क्रान्तिकारीले मिलनचोकमा कोणसभा गरेको थियो । अखिल क्रान्तिकारी रुपन्देही जिल्ला सहसचिब पारस राहडीले नेपाली भुमि बचाउँनका लागि बिरोध र्याली निकालीको बताए । उनले दबाबमूलक बिरोध प्रर्दशन जारी राख्ने बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com