लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

मंसिर ८, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएको अख्तियारले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com