पोखरा- ३३ का वडाध्यक्षको गाडीमा बम विस्फोट


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

मंसिर ९, पोखरा । पोखरा- ३३ नम्बर वडाका वडाध्यक्ष शिव आचार्यको गाडीमा बम पड्काइएको छ । ग२च ४२६ नम्बरको हाइलक्स गाडीमा बम पड्काइएको हो। वडाध्यक्षको घरम पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए।

बम पड्किएपछि गाडीको अघिल्लो भागमा क्षति पुगेको छ। घटना राति २ बजे भएको हो । प्रहरीले अज्ञात समूहले भनेपनि विप्लव समूहले यो काम गरेको आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com