राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा बि.जी.


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी. विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी विष्णु खत्रीलाई ३९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार बि.जी.ले ५८४ मत ल्याउँदै विजय हाँसिल गरेका हुन् भने खत्रीले ५४५ मत प्राप्त गरेका थिए ।

त्यस्तै तारापति सुवेदीलाई पराजित गर्दै राजु ढकाल प्रतिष्ठानको कोषध्यक्षमा निर्वाचित भएका छन् । ढकालले ७३५ र सुवेदीले ३७२ मत प्राप्त गरेका थिए ।

त्यस्तै सह कोषध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले निर्वाचित भएका छन् । सचिव खुलामा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जि.सी., वसन्त थापा र पुष्कल शर्मा गरी सातजना विजयी भएका छन् ।

त्यस्तै महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सीता राना विजयी भएका छन् ।

खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पी।एन। सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर विजयी भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com