उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

मंसिर ११, काठमाडौं । शनिबार हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ भने मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको छ ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित बुधबार साँझसम्म मतदान केन्द्रमा पुगिसक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com