गुल्मीमा १० वर्षिय वालिका बलात्कृत


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

गुल्मीमा ४१ वर्षीय पुरुषद्वारा १० वर्षिय वालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर नम्बर–३ लोलङखोला निवासी ४१ वर्षिय भोजबहादुर सार्कीले वालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो ।

आरोपित सार्कीले बिहिवार बिहान गाडीमा राखेर स्कुल छोडन लैजाने क्रममा वालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । बालात्कृत वालिका सहित उनका दाजुहरु पनि स्कुल लगेका सार्कीले अन्य दुई वालिकलाई अन्यत्र छोडेर वालिकालाई ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत वालिकाको दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी वालिकालाई सार्कीले ३० रुपैयाँ पनि दिएको प्रहरीले जनाएको छ ।

सार्कीले सोहि ठाउँ निवासी स्थानीयको सवारी चलाउदै आएका थिए । बलात्कार गर्ने सार्कीलाई म्याद थप गरे थप अनुसन्धान अगाडी बढाईएको प्रहरी नायव उपरिक्षक घलेले बताए । बालकृत भएकी वालीको स्वस्थ्य जाँच पछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com