रुपन्देहीमा छोराले गरे आफ्नै वृद्ध आमाबुवाको हत्या


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

रुपन्देहीको ओमसतियामा धारिलो हतियार प्रहार गरी छोराले आफ्नै वृद्ध आमाबुवाको हत्या गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका ४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेम थापाले बताए ।

प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थपअनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com