कोहलपुरमा कर्फ्यु


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यु आदेश जारी गरेको छ ।

ट्रकको ठक्करबाट एक स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु आदेश जारी गरेको हो ।

केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com