भ्रमण बर्षमा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी ल्याउने सरकारको लक्ष्य


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश कुमार भट्टराईले बताएका छन् ।

बौद्ध दर्शन तथा गुम्बा विकास समितिको समन्वयमा बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि भट्टराईले लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य पुरा गर्न सहयोग गर्न सबै बौद्ध गुरुहरुलाई आग्रह गर्दै सरकारले लुम्बिनीको विकासका लागि गुरु योजना बनाउन लागेको समेत जानकारी दिए ।

त्यस्तै मन्त्री भट्टराईले २०२० लाई पर्यटन प्रवद्र्धनका लागि आधार वर्षको रुपमा विकास गरी ‘पर्यटनका निम्ति एक दशक’ अभियान लागू गर्ने बताए । जनवरी एकमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा बुद्धको आकृति बनाई मन्त्र बाचन गर्न समेत बौद्ध गुरुहरुलाई आग्रह समेत गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com