गुठी संस्थानका दुई प्रशासक घुससहित पक्राउ


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयबाटै सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका– १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्ने भन्दै घुस लिएको भन्ने सूचनामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com