विप्लवका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज पक्राउ


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेका छन् ।

उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही समयअघि बसेको विप्लब नेकपाको बैठकले दीपेशलाई सांस्कृतिक विचलनको अभियोगमा निलम्बन गरेको स्रोतले जनाएको छ ।

यद्यपि पार्टीले उनीमाथिको कारबाहीबारे सार्वजनिक गरेको छैन । उनी प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर थिए ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com