तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

तीन दिनदेखि बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारदेखि बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि गत तीन दिनदेखि स्थिर रहेको छ । महासंघका अनुसार बुधबारदेखि चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com