भारतमा प्रदर्शन जारी, योगी आदित्यनाथद्वारा सम्पत्ति लिलाम गर्ने चेतावनी
प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार
नागरिकता संशोधन ऐनको विरोधमा भारतको राजधानी नयाँदिल्लीमा आज पनि प्रदर्शन जारी छ । दिल्लीसँगै देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ । नयाँदिल्लीको जामा मस्जिददेखि जन्तरमन्तरसम्म र्याली आयोजना गरिएको छ ।
मेट्रो स्टेसन आज पनि ठप्प छ । वामपन्थी दलहरूको संयोजनमा बिहीबार भएको भारत बन्दका क्रममा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको थियो ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक सम्पत्तिको हानि पु¥याउनेलाई कडा कारबाही गरिने बताएका छन् । उनले ट्विट गर्दै सार्वजनिक सम्पत्ति क्षति पु¥याउनेलाई उनीहरूकै सम्पत्ति लिलाम गरी असुलिने चेतावनीसमेत दिएका छन् । (बीबीसी)