सभामुख चयन प्रकिया पुस ११ गतेदेखि


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रकिया आगामी पुस ११ गते देखि सुरू हुने भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते दिउँसो १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति गरेकाे हाे ।

बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ ।

संसदको शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसन कम्तीमा एक हप्ता स्थगित गर्ने तयारी छ । संसदको पहिलो दिन शुक्रबार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्वन्धि पत्र सुनाइने स्रोतले बताएको छ ।

आजको संसदमा पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित पनि गरिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com