गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगोलागिमा परी ४५ वर्षिय नरबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

गएराती स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगो लागेको थियो । मृत नेपाली सोहि ठाउँ निवासी हुन् । उनि राती तेहि गोठमा सुतेको कारण आगोलागिमा परेको हुनसक्ने प्रहरीले प्रभारम्भीक अनुमान गरेको छ । घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरिक्षक चुरामणी पुनको टोलि लागेको प्रहरीले जनाएको छ । आगोलागिबाट गोठमा रहेका भैंसी र गोरु जलेको अबस्थामा रहेका छन् ।

त्यस्तै गएराती जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ देउराली मजुवाको गोठमा एक जना मृत फेला परेका छन् । दैनिक जसो गोठमा आउने जाने गरेका ७१ वर्षिय देबीराम भण्डारी मृत अबस्थामा फेला परेको प्रहरी उपरिक्षक घलेले बताए । घटना बारे थप अनुसन्धान गर्न प्रहरी निरिक्षक राजकुमार रावलको टोली पठाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com