पत्रकारसँग घुस लिने २ कर्मचारी पक्राउ


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

विज्ञापनको पैसा लिनका गएका पत्रकारसँग घुस माग्ने नगरपालिकाका दुई कर्मचारी पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पत्रिकामा विज्ञापन प्रकाशिन गरेवापतको भुक्तिानी दिएवापत लिएको ३० हजार रुपैयाँ घुससहित रकम सहित उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com