चिसो बढेपछि तिलोत्तमाका विद्यालय २ दिन बन्द


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

अत्यधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालयहरु दुईदिन बन्द हुने भएका छन् । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले तिलोत्तमा नगरपालिकाले बिहीवार र शुक्रवार (दुई दिन) विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

तिलोत्तमा नगरपालिकाको पुस ९ गते बसेको वैठकले नगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । तिलोत्तमामा सामुदायिक ४४ र संस्थागत ४४ विद्यालय छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com