भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको रु ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भन्सार छलेर ल्याएको मोबाइललगायतका विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकाको नाम, ठेगाना खुलाएको छैन । पक्राउ परेकासँग प्रहरीले रु ५५ लाख मूल्य बराबरको मोबाइल तथा जिन्सी सामान, रु १५ लाख ७७ हजार नगद, रु पाँच लाख ७३ हजारको एनएमवि बैंकको चेक एक थान बरामद गरेको छ । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com