क्रीकेट रंगशाला निर्धारित समयमै बन्छ: कट्टेल


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्धारित समयमै सम्पन्न हुने बताएका छन् ।

बिहीबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित एक कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष कट्टेलले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको रंगशाला केही महिनामा सम्पन्न हुने बताए । उनलेले एकीकृत नमुना बस्तीजस्तै निर्धारित् समयमै रंगशाला पनि सम्पन्न हुने जानकारी दिए ।

उनले रंगशालामा ७७ ओटै जिल्लाका लागि एक/एकओटा कक्ष निर्माण भइरहेको समेत जानकारी दिए । तर, त्यसका लागि हरेक जिल्लाले आ-आफ्नो कक्ष निर्माणको जिम्मा लिए त्यसको अपनत्व बढ्ने जिकिर गरे ।

उनले पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति आउने र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com