प्रदेश ५ को प्रदेशसभा अधिवेशन माघ ५ गतेदेखि


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

प्रदेश नम्बर पाँचको प्रदेशसभाको अधिवेशन माघ ५ गतेदेखि हुने भएको छ । प्रदेश ५ प्रमुखको कार्यालयले मंगलबार बिज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरे ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १३८ को उपधारा (१) बमोजिम आगामी माघ ५ गते दिनको १ बजेलाई प्रदेश अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ति :

प्रदेश पाँच : प्रदेश प्रमुखबाट माघ ५ गते प्रदेश सभा अधिवेशन आह्वान
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com