एसपी मल्ललाई १२ घण्टे अल्टिमेटम


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

सरुवा भएको १३ दिन बितिसक्दा पनि जिल्ला नछोडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ ।

एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाडी (रमाना बुझी) सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन भनेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com