उखु किसानको माग सम्बोधन गर्न समाजवादी पार्टीको आग्रह


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

उखु किसानको सम्बोधन गर्न माग गर्दै समाजवादी पार्टी, नेपाल रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ । आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

रुपन्देहीसहित विभिन्न जिल्लाका किसानले उखुको रकम तीन वर्षदेखि भुक्तानी नपाउनु दुर्भाग्यपूर्ण र चिन्ताजनक भएको ठहर समाजवादीले गरेको छ । चिनी मिलले किसानलाई करिब एक अर्ब र सरकारले अनुदान वापत दिनुपर्ने एक अर्ब ३२ करोड रुपैयां किसानले नपाएको समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राम अवतर यादबद्वारा हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बैंक र साहुको ऋणको दोहोरो मारमा गरिब किसान परेको साथै आफूलाई मजदुर र किसानको पार्टी ठान्ने नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार बिचौलिया र सीमित पूँजीपति वर्गको पृष्ठपोषक भएको आशंका समाजवादीले गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले समाजवादी पार्टी उठाएको बिषयलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाए ।

ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रिय सदस्य एवं रुपन्देही इञ्चार्ज देवेन्द्र पाण्डे, केन्द्रिय सदस्य किस्मत विश्वकर्मा, प्रदेशसभा सदस्य एवं प्रदेश उपाध्यक्ष सन्तोष कुमार पाण्डेय, प्रदेश सदस्य रामु यादव, जिल्ला उपाध्यक्ष सियाराम यादव, सचिव सोमनाथ पौडेल, सिद्धार्थनगर इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.) लगायतका नेता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com